यु–२३ टोलीका प्रशिक्षक महर्जन भन्छन्, “हामी कठिन समूहमा छौं”

काठमाडौं (खेलदैनिक) । एएफसी यु–२३ च्याम्पियनसिप खेल्न कतार जाने तयारीमा रहेको नेपाली टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले नेपालको प्रतिद्वन्द्वीहरु कठिन रहेको बताएका छन् ।

च्याम्पियनसिप छनौटतर्फ समूह ए मा रहेको नेपालले आफ्नो पहिलो खेलमा २२ मार्चका दिन ओमानसँग खेल्दैछ । त्यस्तै २४ मार्चका दिन घरेलु टोली तथा दावेदार कतारको सामना गर्दैछ भने २६ मार्चका दिन अफगानिस्तानसँग खेल्ने तय भएको छ ।

कुराकानीका क्रममा प्रशिक्षक महर्जनले भने, “विपक्षी टोलीहरु बलिया छन् । तिनीहरु राम्रा टोली हुन् । मैले विपक्षी टोलीहरुबारे अध्ययन गरेको छु । हामी कठिन समूहमा छौं ।”

स्मरणीय छ, छनौट खेलतर्फ घरेलु टोली कतारले भर्खरै युएईमा सम्पन्न एएफसी एसियन कप विजेता कतारको सिनियर टोलीमा रहेका केही मुख्य खेलाडीहरुलाई अवसर दिने निश्चित । त्यसमध्ये एएफसी एसियन कपको सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडी अल्मोज अली खेल्ने पक्का छ ।


प्रतिक्रिया दिनुहोस

Loading...