माइ भ्याली गोल्डकप : सहज जितका साथ शेर्पा फाइनलमा

इलाम (खेलदैनिक) । हिमालयन शेर्पा क्लब जारी पाँचौं माइ भ्याली गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको दोस्रो सेमिफाइनलमा शेर्पाले मेची नेत्रालय काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई ३–० ले हराउँदै फाइनल स्थान पक्का गरेको हो ।

इलाम स्थित ठूलो टुँडिखेल मैदानमा भएको खेलको पहिलो हाफतर्फ इन्जुरी समयको ४७ मिनटमा त्रिदेव गुरुङले पहिलो गोल गरे । त्यस्तै ६१ औं मिनटमा रबिन थापाले शेर्पाको त्यो अग्रता दोब्बर पारे भने अन्तिमतिर इन्जुरी समयको ९४ औं मिनटमा बिशन गुरुङले तेस्रो गोल गदैै शेर्पाको उत्कृष्ट जित सुनिश्चत गरे ।

आइतबारको खेलमा शेर्पाका गोलरक्षक किशोर गिरी म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार स्वरुप नगद १० हजार प्राप्त गरे । अब शेर्पाले फाइनलमा मंगलबार दावेदार मानिएको दाफिन्स एफसीसँग उपाधिका लागि भिड्ने छ ।

माइ भ्याली एफसी, इलामको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...