
काठमाडौं (खेलदैनिक) । कतारमा यहि आउँदो शुक्रबारदेखि शुरु हुन गईरहेको एएफसी यु–२३ च्याम्पियनसिप छनौट खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । मुख्य प्रशिक्षक बालगोपाल महर्जन र सहायक प्रशिक्षक सुमन श्रेष्ठले कतार जाने २३ सदस्यीय युवा टोलीको आइतबार घोषणा गरेका हुन् ।
छनौट प्रतियोगितातर्फ समूह ए मा रहेको नेपालले आफ्नो पहिलो खेल २२ तारीख (शुक्रबार)का दिन ओमानसँग खेल्नेछ । त्यस्तै २६ तारीखका दिन आयोजक कतारको सामना गर्नेछ भने २६ तारीखका दिन अफगानिस्तानसँग खेल्ने तय भएको छ ।
यस्तो छ नेपाली यु–२३ टोली :
गोलकिपर्स : अर्पन कार्की, रोमन रसाइली, दिप कार्की
डिफेन्डर्स : अमित तामाङ, अनन्त तामाङ, असिम भुषाल, बिकास खवास, दिनेश राजवंशी, कमल श्रेष्ठ, सुमन अर्याल, छिरिङ गुरुङ
मिडफिल्डर्स : अभिषेक रिजाल, एरिक बिष्ट, विश्वास श्रेष्ठ, गौरव बुढाथोकी, हेमन्त थापा मगर, सुनिल बल, तेज तामाङ, नितिन थापा
फरवार्डस् : धिरज श्रेष्ठ, प्रिजेन तामाङ, बिमल घर्ती मगर, अन्जन बिष्ट