महिला साफ : भारतको शानदार जित, नेपालले सेमिफाइनलमा श्रीलंकासँग खेल्ने

बिराटनगर (खेलदैनिक) । जारी साफ महिला च्याम्पियनसिपतर्फ आयोजक नेपालले सेमिफाइनलमा श्रीलंकालाई प्रतिद्वन्द्वीका रुपमा पाएको छ ।

आइतबार समूह बी तर्फको अन्तिम खेलमा भारतले श्रीलंकालाई ५–० ले हरायो । यो नतिजासँगै भारत समूह बी को विजेता बन्यो भने श्रीलंका उपविजेता बन्यो । सेमिफाइनलमा अब भारतले बंगलादेशको सामना गर्नेछ भने श्रीलंकाले समूह ए को विजेता नेपालसँग भिड्नेछ ।

यसअघि बिराटनगर स्थित शहिद रंगशालामा भएको खेलमा भारतका लागि चौथो मिनटमम्ै ग्रेसी दांगमेईले गोलको खाता खोलीन् । लगतै सातौं मिनटमा सन्ध्या रंगनाथनले त्यो अग्रता दोब्बर पारीन् । एकतर्फी नतिजा निकालेको भारतका लागि ३६ औं मिनटमा इन्दुमतीले तेस्रो गोल गरीन् ।

त्यस्तै ४५ औं मिनटमा संगतिा बसफोरेले भारतका लागि चौथो गोल गरीन् भने ४७ औं मिनटमा रतनबाला देवीले पाँचौं गोल गर्दै भारतको शानदार जित पक्का गरीन् ।

अब सेमिफाइनलका दुवै खेलहरु बुधबार हुनेछन् । पहिलो सेमिफाइनलतर्फ ११ बजे नेपालले श्रीलंकाको सामना गर्नेछ भने दोस्रो सेमिफाइनलतर्फ ३ बजे भारतले बंगलादेशसँग खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...