एएफसी यु–२३ च्याम्पियनसिपका लागि नेपाल फर्किए बिमल

काठमाडौं (खेलदैनिक) । नेपाली राष्ट्रिय फरवार्ड बिमल घर्ती मगर यहि २२ मार्चदेखि कतारमा शुरु हुन गईरहेको एएफसी यु–२३ च्याम्पियनसिप छनौटका लागि नेपाल फर्किएका छन् । स्मरणीय छ, बिमल ट्रायलका लागि बेल्जियममा थिए । साथै उनले त्यहाँको लिर्से एस.के क्लबमा ट्रायल दिनुका साथै केही म्याचहरुमा पनि खेलेका थिए ।

छनौट खेलतर्फ नेपाल कतार, ओमान र अफगानिस्तानसँगै समूह ए मा परेको छ । नेपाली टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी बालगोपाल महर्जनले पाएका छन् भने उनको सहायकमा सुमन श्रेष्ठ रहेका छन् । गोलनेपालका अनुसार अखिल नेपाल फुटबल संघ (एन्फा) ले कतार जाने नेपाली यु–२३ फुटबल टोलीको अन्तिम नामावली घोषणा भने अझै सार्वजनिक गरेको छैन ।

छनौट खेलतर्फ नेपालले आफ्नो पहिलो खेल २२ मार्चका दिन ओमानसँग खेल्नेछ । त्यस्तै २४ तारीखका दिन घरेलु टोली कतारसँग भिड्नेछ भने अन्तिम खेल २६ मार्चका दिन अफगानिस्तानसँग खेल्ने तय भएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...