एएफसी यु–२३ छनौटका लागि नेपालको तयारी तीव्र (फोटो फिचरसहित)

काठमाडौं (खेलदैनिक) । यहि आउँदो शुक्रबार अर्थात २२ मार्चदेखि कतारमा शुरु हुन गईरहेको एएफसी यु–२३ च्याम्पियनसिप छनौटका लागि नेपालले आफ्नो तयारी तिव्र पारेको छ । छनौट खेलतर्फ नेपाल कतार, ओमान र अफगानिस्तानसँगै समूह ए मा परेको छ ।

https://twitter.com/Goal_Nepal/status/1107192781804584961

नेपाली टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी बालगोपाल महर्जनले पाएका छन् भने उनको सहायकमा सुमन श्रेष्ठ रहेका छन् । गोलनेपालका अनुसार अखिल नेपाल फुटबल संघ (एन्फा) ले कतार जाने नेपाली यु–२३ फुटबल टोलीको अन्तिम नामावली घोषणा भने अझै सार्वजनिक गरेको छैन ।

छनौट खेलतर्फ नेपालले आफ्नो पहिलो खेल २२ मार्चका दिन ओमानसँग खेल्नेछ । त्यस्तै २४ तारीखका दिन घरेलु टोली कतारसँग भिड्नेछ भने अन्तिम खेल २६ मार्चका दिन अफगानिस्तानसँग खेल्ने तय भएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...