साबित्रा दक्षिण एसिया कै उत्कृष्ट स्ट्राइकर : खड्का

बिराटनगर (खेलदैनिक) । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक हरि खड्काले राष्ट्रिय टोलीकी फरवार्ड साबिा भण्डारीलाई दक्षिण एसिया कै उत्कृष्ट स्ट्राइकर बताएका छन् ।

बिराटनगरमा जारी साफ महिला च्याम्पियनसिपतर्फ शनिबार बंगलादेश विरुद्ध ३–० को जित हात पारेपछि खेलपश्चात् पत्रकारसम्मेलनमा बोल्दै प्रशिक्षक खड्काले भने, “साबित्रा (भण्डारी) दक्षिण एसियाली क्षेत्रकै उत्कृष्ट स्ट्राइकर हुन् । बंगलादेश विरुद्ध उनले एक गोल गरीन् र थप एक गोलको अवसर मिलाईदिईन् । उनी नेपाली टोलीमा भएकोले म खुशी छु ।”

स्मरणीय छ, शनिबार बंगलादेश विरुद्ध साबित्राले गरेको उनको अन्तर्राष्ट्रिय करियरका २५ खेलमा २४ औं गोल थियो । नेपालको सर्वोच्च गोलकर्ताको उपलब्धी भने अनु लामाको नाममा छ । लामाले नेपालका लागि कुल ३५ गोल गरेकी छिन् । यद्यपि उनी यसपटकको साफ महिला च्याम्पियनसिपमा नेपाली टोलीमा पर्न असफल भईन् ।

उता बंगलादेशका प्रशिक्षक गोलम चोटनले पनि साबित्रा दक्षिण एसिया कै उत्कृष्ट स्ट्राइकर रहेको बताएका थिए । साथै उनले नेपालका कप्तान निरु थापाको मैदानको सबैतिर एकनासले खेल्दै टोलीलाई थप सहयोग पुराउने क्षमताको पनि प्रशंसा गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...