काभ्रे गोल्डकप चैत्र पहिलो सातादेखि

धुलिखेल (खेलदैनिक) । काभ्रे जिल्ला फुटबल संघको आयोजनामा यहि चैत्र ७ गतेदेखि काभ्रे गोल्डकप नकआउट फुटबल प्रतियोगिता शुरु हुने भएको छ ।

काभ्रे जिल्लामा पहिलोपटक हुन लागेको प्रतियोगिता यहि चैत्र ७ गतेदेखि शुरु हुनेछ । गोलनेपालका अनुसार प्रतियोगितामा काठमाडौं, ललितपुर, कैलाली, दोलखा, सिन्धुपाल्चोकका गरी कुल १० टोलीहरुको सहभागिता रहनेछ ।

धुलिखेल रंगशालामा हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४ लाख हात पार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...