बंगलादेश विरुद्ध हाम्रो योजना सफल : प्रशिक्षक खड्का

बिराटनगर (खेलदैनिक) । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक हरि खड्काले शनिबार सम्पन्न बंगलादेश विरुद्धको खेलमा आफूले बनाएको योजना र रणनीति सफल भएको बताएका छन् ।

शनिबार समूह ए तर्फको अन्तिम खेलमा नेपालले बंगलादेशलाई ३–० ले हराउँदै समूह विजेताको हैसियतमा सेमिफाइनल प्रवेश गर्न सफल भएको थियो । सो खेलमा हारका बावजुद बंगलादेश पनि उपविजेताको रुपमा नेपालसँगै सेमिफाइनलमा प्रवेश गरेको थियो ।

खेलपश्चातको पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक खड्काले भने, “हामीले आफ्नो रणनीति अनुसार खेल्यौं । हामीले शुरुवातको १५ मिनटमा दुई गोल गर्न चाहन्थ्यौं र त्यसमा हामी सफल पनि भयौं । राम्रो खेलेकोमा म मेरा खेलाडीहरुलाई बधाई दिन चाहन्छु । हामीले दोस्रो हाफमा पनि राम्रो खेल्यौं र गोल गर्ने अवसर बनायौं । तर त्यसलाई सदुपयोग गर्न सकेनौं ।”

साथै प्रशिक्षक खड्काले बंगलादेश विरुद्ध शनिबार खेलको शुरुवात मै गोलको खाता खोल्न सफल भएकोले आफ्नो टोलीलाई सहज जित हात पार्न सजिलो भएको प्रतिक्रिया दिए ।


प्रतिक्रिया दिनुहोस

Loading...