बंगलादेशका प्रशिक्षकले गरे नेपाली टोलीको प्रशंसा

बिराटनगर (खेलदैनिक) । बंगलादेश राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक गोलम छोटोनले नेपाली महिला फुटबल टोलीको शानदार प्रदर्शनबारे प्रशंसा गरेका छन् । बंगलादेशले शनिबार मात्र समूह ए तर्फको अन्तिम खेलमा नेपालसँग ०–३ को हार बेहोरेको थियो ।

खेल पश्चातको पत्रकार सम्मेलनमा बोल्दै बंगलादेशी प्रशक्षिकले भने “नेपाल निकै बलियो टोली हो । उनीहरु घरेलु मैदानमा खेलिरहेका छन् र उनीहरुलाई घरेलु समर्थकको पनि साथ छ । हाम्रो टोलीले पनि राम्रो खेल्यो । खासमा हाम्रो टोलीले शतप्रतिशत प्रयास गरेको हो तर पहिलो हाफमा खेलाडीहरुले सोंचे अनुरुप खेल्न सकेनन् । हामीले धेरै गल्ती गर्यौं । यद्यपि दोस्रो हाफमा भने हामीले राम्रो प्रदर्शन गर्न सफल भयौं ।”

शनिबारको खेलमा हारका बावजुद बंगलादेश समूह ए बाट उपविजेताको हैसियतले समूह विजेता नेपालसँगै सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा नेपालले समूह बी को उपविजेतासँग खेल्नेछ भने बंगलादेशले समुह बी को विजेता टोलीसँग खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...