महिला साफ : लगातार दोस्रो जितका साथ नेपाल समूह विजेता

बिराटनगर (खेलदैनिक) । दावेदार मानिएको आयोजक नेपाल जारी साफ महिला च्याम्पियनसिपतर्फ समूह ए को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

अन्तिम चारमा यसअघि नै स्थान सुरक्षित गरिसकेको नेपालले समूह चरणको अन्तिम खेलमा शनिबार बंगलादेशलाई ३–० ले हरायो । हारका बावजुद बंगलादेश पनि सेमिफाइनलमा उपविजेताको हैसियतले प्रवेश गरेको छ ।

बिराटनगर स्थित शहिद रंगशालामा भएको खेलको छैठौं मिनटमै बंगलादेशकी मसुरा प्रविनले आत्मघाती गोल गरेपछि घरेलु टोलीले शुरुवाती अग्रता बनाएको थियो । त्यस्तै २३ औं मिनटमा साबित्रा भण्डारीले नेपालको अग्रता दोब्बर पारीन् भने मन्जली योन्जनले २८ औं मिनटमा तेस्रो गोल गर्दै टोलीको शानदार जित सुनिश्चित गरिन् ।

प्रतियोगिता अन्तरगत आइतबार समूह बी तर्फको अन्तिम खेलमा साविक विजेता भारतले श्रीलंकाको सामना गर्नेछ । यी दुई टोलीबीचको खेलको नतिजाले समूह बी को विजेता र उपविजेताको टुँगो लाग्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...