
पोखरा (खेलदैनिक) । पर्यटकीय नगरी पोखरामा तेसे बिरेन स्मृति १३ औं बिटी कप सेभेन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ ।
बुद्ध टोल युथ क्लब, पोखरामा आयोजनामा यहि चैत १८ देखि २८ गतेसम्म हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,३१,१११ रुपैया हात पार्नेछ भने उपविजेताले ८१,१११ रुपैया प्राप्त गर्नेछ ।
पोखराको बगर–१, टुँडिखेल स्थित स्थानीय मैदानमा हुने प्रतियोगितामा सहभागिताका लागि टिम दर्ता शुल्क रु. ७००० तोकिएको छ ।