महिला साफ : गलादेशलाई हराउँदै समूह विजेता बन्ने नेपालको योजना

बिराटनगर (खेलदैनिक) । साफ महिला च्याम्पियनसिपतर्फ समूह ए को अन्तिम खेलमा आज आयोजक नेपाल र बंगलादेश आमने सामने हुँदैछन् । बिराटनगर स्थित शहिद रंगशालामा हुने यी दुई टोलीबीचको भिडन्तले नै समूह ए को विजेता र उपविजेताको टुँगो लाग्नेछ ।

बंगलादेश विरुद्धको खेल अघि गोलनेपाललाई बताए अनुसार नेपालका प्रशिक्षक हरि खड्काले बंगाली टोली विरुद्ध पूर्ण रुपमा आक्रमक खेल्ने बताएका छन् । साथै उनले आफूहरु समूह विजेता बन्न चाहेको समेत स्पष्ट पारेका छन् । प्रशिक्षक खड्काले बंगलादेश राम्रो टोली भएको बताउँदै उनीहरुविरुद्ध खेल्न आफूहरुले फरक रणनीति बनाएको पनि बताए ।

समूह चरणतर्फ नेपाल र बंगलादेशले आ–आफ्नो पहिलो खेलमा भुटानलाई हराएका थिए। नेपालले भुटान विरुद्ध ३–० को जित निकालेको थियो भने बंगलादेशले २–० को जित हात पारेको थियो । दिनको ३ बजेदेखि शुरु हुने आजको खेलमा नेपाललाई नै जितको बलियो प्रत्याशी मानिए तापनि बंगलादेशले कुनै पनि समय नतिजा उल्टाउन सक्ने धेरैको बुझाई छ ।


प्रतिक्रिया दिनुहोस

Loading...