आसाम : फाइनलमा संकटा विरुद्ध फेरि गोवा बाधक

काठमाडौं (खेलदैनिक) । सिमएजी संकटा क्लब भारतको आसाममा सम्पन्न चौथो सिईएम गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पराजित भएको छ ।

बिहीबार सम्पन्न फाइनल भिडन्तमा संकटाले सलगाओकर एफसी, गोवासँग ४–२ ले पराजित हुँदै उपविजेता बन्न बाध्य भयो । संकटाका लागि बिष्णु गुरुङ र म्याक्सवेलले गोल गरेका थिए ।

स्मरणीय छ, प्रतियोगिताको समूह चरणतर्फ पनि एउटै समूहमा परेका सलगाओकर र संकटाबीचको खेलमा सलगाओकरले ४–१ ले नतिजा आफ्नो पक्षमा पारेको थियो ।

विजेता बनेको सलगाओकरले उपाधिसँगै २ लाख भारतीय रुपैयाँ हात पारेको छ भने उपविजेता संकटाले १ लाख भारतीय रुपैयामा चित्त बुझाएको छ । संकटा क्लब शुक्रबार नेपाल फर्किने गोलनेपालले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...