इलाम (खेलदैनिक) । दाफिन्स एफसी, क्यामरुन जारी पाँचौं माइ भ्यालगी गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार सम्पन्न क्वाटरफाइनल खेलमा दाफिन्सले सशस्त्र प्रहरीको एपिफ क्लबलाई ३–१ ले हराउँदै अन्तिम चारमा स्थान बनाउन सफल भयो ।

इलाम स्थित ठूलो टुँडिखेल मैदानमा भएको खेलको १४ औं मिनटमै इलोमुले दाफिन्सका लागि पहिलो गोल गरे भने लगतै २० औं मिनटमा पिटेंगाले त्यो अग्रता दोब्बर पारे । उता एपिएफका लागि ३५ औं मिनटमा हरि कार्कीले एक गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे तापनि त्यो सफल भएन ।
दोस्रो हाफको ६२ औं मिनटमा पिटेंगाले नै व्यक्तिगत दोस्रो तथा दाफिन्सका लागि तेस्रो गोल गर्दै एपिएफको खेलमा फर्किने सम्भावना समाप्त पारेका थिए । बिहीबारको खेलमा दाफिन्सका लागि दुई गोल गरेका पिटेंगा खेलको म्यान अफ द म्याच समेत घोषित भए ।
प्रतियोगिता अन्तरगत शुक्रबारको खेल काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र त्रिभुवन आर्मी क्लबबीच हुने आयोजकले जनाएको छ ।