महिला साफ : डिफेन्डिङ च्याम्पियन भारतको शानदार शुरुवात

बिराटनगर (खेलदैनिक) । साविक विजेता भारतले जारी साफ महिला च्याम्पियनसिपतर्फ आफ्नो पहिलो खेलमा शानदार जित हात पारेको छ । बिराटनगर स्थित शहिद रंगशालामा बुधबार भएको समूह बी तर्फको पहिलो खेलमा भारतले माल्दिभ्सलाई ६–० को फराकिलो अन्तरले हरायो ।

भारतको जितमा खेल शुरु भएको आठौं मिनटमै ग्रेसी दाङमीले पहिलो गोल गरीन् । लगतै १३ औं मिनटमा स्विटी देवीले त्यो अग्रता दोब्बर पारीन । त्यस्तै २३ औं मिनटमा इन्दुमतीले भारतका लागि तेस्रो गोल गरीन् भने २७ औं मिनटमा सन्जुले भारतका लागि चौथो गोल गरीन् ।

पहिलो हाफ मै गोल बर्षा गरेको भारतका लागि रतन बाला देवीले इन्जुरी समयको ४९ औं मिनटमा पाँचौं गोल गरीन् । त्यस्तै खेलको अन्तिमतिर ८९ औं मनिटमा सन्जुले नै व्यक्तिगत दोस्रो र भारतका लागि छैठौं गोल गर्दै साविक विजेताको शानदार जित पक्का गरीन् ।

यो जितसँगै भारत सेमिफाइनल नकिज समेत पुगेको छ । भारतले आफ्नो दोस्रो तथा अन्तिम खेल श्रीलंकासँग खेल्नेछ । प्रतियोगितामा सहभागी सार्क राष्ट्र कुल ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...