महिला साफ : डिफेन्डिङ च्याम्पियन भारतलाई आज माल्दिभ्सको चुनौति

बिराटनगर (खेलदैनिक) । साफ महिला च्याम्पियनसिपतर्फ समूह बी को पहिलो खेलमा आज डिफेन्डिङ च्याम्पियन भारतले माल्दिभ्सको सामना गर्दैछ ।

बिराटनगर स्थित शहिद रंगशालामा दिनको ३:१५ बजेदेखि शुरु हुने आजको खेलमा भारतलाई नै जितको बलियो प्रत्याशी मानिएको छ । प्रतियोगिता शुरु हुनुअघि नै भारतका प्रशिक्षक मेमोल रकीले यसपटक पनि उपाधि जित्ने दावी गरेकी छिन् ।

तर फुटबलमा कुनै पनि बेला नतिजा आफू अनुकुल नजान पनि सक्ने कुरामा भारत जानकार पनि छ । उता खेलमा माल्दिभ्सले पनि नतिजा आफ्नो पक्षमा पार्न सक्दो प्रयास गर्ने निश्चित छ । समूह बी तर्फ भारत र माल्दिभ्ससँगै श्रीलंका पनि छ ।


प्रतिक्रिया दिनुहोस

Loading...