यानिक निर्णायक बन्दा संकटा फाइनलमा

काठमाडौं (खेलदैनिक) । सिएमजी संकटा क्लब भारतको आसाममा जारी सिईएम गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको सेमिफाइनल भिडन्तमा संकटाले भुटानी क्लब थिम्पु सिटीलाई २–१ ले हराउँदै उपाधि नजिक पुगेको हो । संकटाको जितमा दुवै गोल यानिक ओवोनाले गरे । स्मरणीय छ, यानिक भर्खरै दाफिन्स एफसीबाट संकटामा आवद्ध भएका हुन् ।

जारी प्रतियोगिताको विजेताले उपाधिसति नगद २ लाख भारतीय रुपैया हात पार्नेछ भने उपविजेताले १ लाख भारतीय रुपैया प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...