साफ महिला च्याम्पियनसिप : पहिलो हाफसम्म नेपाललाई दुई गोलको अग्रता

बिराटनगर (खेलदैनिक) । मंगलबारदेखि शुरु साफ महिला च्याम्पियनसिपको उद्घाटन खेलतर्फ पहिलो हाफसम्म आयोजक नेपालले भुटान विरुद्ध २–० को अग्रता बनाएको छ ।

बिराटनगर स्थित शहिद रंगशालामा भएको समूह ए तर्फको पहिलो खेलमा नेपालका लागि १३ औं मिनटमा मन्जली योन्जन र १६ औं मिनटमा साबित्रा भण्डारीले दोस्रो गोल गरेकी छिन ।

भुटान विरुद्ध अधिकांश समय दबाब बनाएको नेपालले केही राम्रो अवसरहरु पनि गुमाएको छ । दोसो हाफको खेल केहीबेरमा शुरु हुँदै ।


प्रतिक्रिया दिनुहोस

Loading...