साफ महिला च्याम्पियनसिप : विजयी शुरुवात गर्ने नेपालको योजना

बिराटनगर (खेलदैनिक) । प्रतिष्ठित साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता आजदेखि बिराटनगरमा भव्यताका साथ शुरु हुँदैछ ।

काठमाडौं बाहिर पहिलोपटक आयोजना हुन गईरहेको प्रतियोगिताको उद्घाटन खेलमा आज आयोजक नेपालले भुटानको सामना गर्दैछ । शहिद रंगशालामा दिनको ३ बजेदेखि शुरु हुने आजको खेल नेपालका लागि महत्वपूर्ण पनि छ ।

प्रतियोगिताको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा नेपालका मुख्य प्रशिक्षक हरि खड्काले शुरुवात मै समूह चरणको खेलहरुमा ध्यान केन्द्रित गर्ने बताईसकेका छन् । उता कप्तान निरु थापाले पनि आफूहरु उपाधिका लागि खेल्ने समेत बताएकी छिन् ।

भुटानका प्रशिक्षकले पनि नेपाललाई बलियो र कठिन प्रतिद्वन्द्वी मानेको छ । यद्यपि यी तमाम कुराहरुका बीच पनि नेपालले अहिलेसम्म साफ महिला च्याम्पियनसिपको उपाधि भने जित्न सकेको छैन । पटक–पटक दावेदार मानिनु र फाइनलमा पुगे तापनि नेपाल सधै उपाधिबाट बञ्चित हँुदै आएको छ ।

यसपटक त्यो अतित र इतिहासलाई बिर्साउँदै उपाधि जित्ने राम्रो अवसर नेपालसँग छ । जुन कुरालाई प्रशिक्षक खड्काले पनि स्वीकारेका छन् । यद्यपि उनले प्रतियोगितामा कुनै पनि टोलीलाई हलुका रुपमा नलिने पनि स्पष्ट पारेका छन् ।

कति होला त आजको नतिजा ? के नेपाली चलीहरुले आज बिजयी शुरुवात गर्लान त ?


प्रतिक्रिया दिनुहोस

Loading...