झापाली फुटबलका तीन हस्ती सम्मानित

सम्मानित भएपछि बाँयाबाट क्रमश : नरेन्द्रमणि लिम्बु, अस्मिता खवास र गम्भिर राई ।

बिर्तामोडा (झापा) । झापा गोल्डकप आयोजक समितिले सोमबार झापाली फुटबलमा पुराएको उच्च योगदानको मुल्यांकन गर्दै तीन झापालीहरुलाई सम्मानित गरेको छ ।

सोमबार चौथो झापा गोल्डकपको समापन कार्यक्रममा सम्मानित हुनेहरुमध्ये झापा–११ का पूर्व कप्तान तथा मिडफिल्डर नरेन्द्रमणि लिम्बुले लाईफटाइम अचिभमेन्ट अवार्ड हात पारे । त्यसवापत उनलाई एक थान मोटरसाइकल प्रदान गरियो ।

त्यस्तै पूर्व राष्ट्रिय महिला फुटबलर अस्मिता खवास र गम्भिर राईलाई पनि खादा, सम्मानपत्र र नगद जनही २५–२५ हजारका दरले सम्मानित गरियो ।


प्रतिक्रिया दिनुहोस

Loading...