झापाका दिलन बने सर्वोत्कृष्ट खेलाडी (फोटो फिचर)

बिर्तामोडा (खेलदैनिक) । सोमबार सम्पन्न मगमग चौथो झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगितामा झापा–११ का दिलन लोक्तम सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । उनले पुरस्कार स्वरुप एक थान मोटरसाईकल प्राप्त गरेका छन् ।

त्यस्तै अन्य व्यक्तिगत विधातर्फ प्रतियोगिताको उत्कृष्ट गोलरक्षक त्रिभुवन आर्मीका बिकेश कुथु घोषित भएका छन् भने उत्कृष्ट डिफेन्डरको पुरस्कार झापाका देवेन्द्र तामाङले हात पारेका छन् । झापा कै पुजन उपरकोटी उत्कृष्ट डिमफिल्डर घोषित भए भने आर्मीका नवयुग श्रेष्ठले सर्वाधिक गोलकर्ताको पुरस्कार जिते ।

त्यस्तै उत्कृष्ट प्रशिक्षक आर्मी कै चुन बहादुर थापा घोषित भए भने उदयीमान खेलाडी झापाका निशान खड्का घोषित भए । व्यक्तिगत विधातर्फका उत्कृष्ट खेलाडीहरुले जनही २१–२१ हजार प्राप्त गरे ।

त्यसैगरी फाइनल खेलको म्यान अफ द म्याच बनेका आर्मीका सन्तोष तामाङले १५ हजार प्राप्त गरे भने झापाका सन्जोक राईले विशेष पुरस्कारका रुपमा ट्रफी र १५ हजार नगद हात पारे ।

स्मरणीय छ, सोमबार भएको प्रतियोगिताको फाइनलमा साविक विजेता आर्मीले झापालाई ५–३ ले हराउँदै उपाधि जितेको थियो । विजेता बनेको आर्मीले उपाधिसहित नगद १२ लाख ५० हजार हात पारेको थियो भने झापाले ६ लाख ५ हजारमा चित्त बुझाएको थियो ।

विशेष पुरुस्कार : सन्जोगक राई (झापा ११)
उत्कृष्ट प्रशिक्षक : चुन बहादुर थापा (आर्मी)
सर्वाधिक गोलकर्ता : नवयुग श्रेष्ठ (आर्मी)
उत्कृष्ट मिडफिल्डर : पुजन उपरकोटी (झापा)
उत्कृष्ट गोलरक्षक : बिकेश कुथु (आर्मी)
उत्कृष्ट डिफेन्डर : देवेन्द्र तामाङ (झापा)
उदयीमान खेलाडी : निशान खड्का (झापा)

प्रतिक्रिया दिनुहोस

Loading...