सुनवल मेयर कप : वार्ड नम्बर ८ लाई उपाधि

सुनवल (खेलदैनिक) । किर्तिपुर, नवलपरासीमा सम्पन्न दोस्रो मेयर कप अन्तर वार्ड स्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि वार्ड नम्बर ८ ले जितेको छ ।

सुनवल–३, किर्तिपुर स्थित स्थानीय खेलमैदानमा भएको फाइनल खेलमा वार्ड नम्बर ८ ले वार्ड नम्बर ५ लाई २–१ ले हराउँदै उपाधि जितेको हो । बिजेता वार्ड ८ का लागि सोनम तामाङ र दिपिन गुरुङले गोल गरे । उता पराजित वार्ड ५ का लागि सागर गुरुङले एक मात्र गोल फर्काए ।

विजेता बनेको वार्ड नम्बर ८ ले उपाधिसहित नगद १ लाख हात पार्यो भने उपविजेता वार्ड नम्बर ५ ले ६० हजारमा चित्त बुझायो ।

जेनिथ युथ क्लब, सुनवल–३, किर्तिपुरको आयोजना र सुनवल नगरपालिकाको विशेष सहयोगमा सम्पन्न प्रतियोगितामा कुल १३ वार्डहरुले सहभागिता जनाएका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...