माइ भ्याली गोल्डकप : शेर्पाको जितमा सुनिलको ह्याट्रिक

इलाम (खेलदैनिक) । हिमालयन शेर्पा क्लब जारी टुबोर्ग पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रण माइ भ्याली गोल्डकप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सोमबार इलाम स्थित ठूलो टुँडिखेल मैदानमा भएको प्रिक्वाटरफाइनल भिडन्तमा शेर्पाले पाहुना टोली नेप्लिज फुटबल एकेडेमी, हङकङलाई ५–१ ले हराउँदै क्वाटरफाइनल यात्रा तय गर्यो ।

शेर्पाको जितमा सुनिल खड्काले खेलको पहिलो, नवौं र ६४ औं मिनटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । त्यस्तै थप दुई गोल ३७ औं मिनटमा बिशन गुरुङ र ७५ औं मिनटमा मान बहादुर तामाङले गरे ।

उता पराजित नेप्लिजका लागि ४७ औं मिनटमा समिर लिम्बुले एक मात्र सान्त्वना गोल फर्काए । खेलमा शेर्पाका ह्याट्रिककर्ता सुनिल खड्का खेलको म्यान अफ द म्याच समेत घोषित भए । उनले पृुरस्कार स्वरुप नगद १० हजार प्राप्त गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...