
काठमाडौं (खेलदैनिक) । अष्ट्रेलियाको मेलबर्नमा सम्पन्न कडेल कन्सल्टेन्सी यति कप नेशनल च्याम्पियनसिपको उपाधि आयोजक यति एफसीले जितेको छ ।
उपाधि जित्ने क्रममा यतिले युनाइटेड एफसीलाई शून्यका विरुद्ध १ गोलले हरायो । यतिको जितमा अभियान प्रधानले एक मात्र निर्णायक गोल गरे । यति एफसी, अष्ट्रेलियाको आयोजनामा सम्पन्न प्रतियोगितामा कुल १६ टोलीहरुले सहभागिता जनाएका थिए ।
त्यस्तै ३५ बर्ष माथिको भेट्रान फुटबलतर्फको उपाधि हिमालयन युथ क्लबले जितेको छ । हिमालयनले उपाधि फाइनलमा माछापुच्छ्रे एफसीलाई १–० ले हराउँदै उपाधि जित्न सफल भएको थियो ।