साफ महिला च्याम्पियनसिपका लागि एन्फाले तोक्यो टिकट मुल्य

काठमाडौं (खेलदैनिक) । केही दिनमा शुरु हुन गईरहेको साफ महिला च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले टिकट मुल्य तोकेको छ ।

नेपाली फुटबल साईट गोलनेपालका अनुसार एन्फाले सामान्यतर्फ २०० र भिआईपीतर्फ ३०० मुल्यको टिकट मुल्य तोकेको छ । फुटबल समर्थकहरुले प्रतियोगिताको टिकट ई–सेवामार्फत अनलाईन खरिद गर्न समेत सक्नेछन् ।

बिराटनगर स्थित शहिद रंगशालामा यहि मार्च १२ देखि २२ तारीखसम्म हुन लागेको साफ च्याम्पियनसिपमा सार्क राष्ट्रका ६ टोलीहरुले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक नेपालले भुटानको सामना गर्दैछ ।


प्रतिक्रिया दिनुहोस

Loading...