अरबौंको लगानीमा बन्न लागेको पोखरा रंगशालाको शिलान्यास

पोखरा (खेलदैनिक) । पर्यटकीय शहर पोखरा स्थित पोखरा स्पोर्टस् कम्प्लेक्समा आइतबार एक कार्यक्रमका बीच नयाँ पोखरा स्टेडियम निर्माणका लागि शिलान्यास गरिएको छ ।

खेलकुद मन्त्री जगत विश्वकर्मा र राखेपका सदस्य सचिव केशब बिष्टले संयुक्त रुपमा स्टेडियमको शिलान्यास गरे । गोलनेपालका अनुसार स्टेडियम निर्माणका लागि नेपाल सरकारले १ अरब २८ करोड २२ लाख १८ हजार १ सय ७४ रुपैया ९० पैसा खर्च गर्दैछ ।

भारतीय र नेपाली कम्पनीले संंयुक्त रुपमा निर्माण गर्न लागेको यो रंगशालाको निर्माण कार्य आठ महिनामा सम्पन्न गरिने बताइएको छ । स्मरणीय छ, नेपालले आउँदो डिसेम्बरमा दक्षिण एसियाली खेलकुदको आयोजना गर्दैछ । जुन काठमाडौं र पोखरामा गरी दुई शहरमा हुँदैछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...