माइभ्याली गोल्डकप शुरु, उद्घाटन खेलमै आयोजक स्तब्ध

इलाम (खेलदैनिक) । आइतबारदेशि इलाममा शुरु पाँचौं माइभ्याली गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगितामा दार्जिलिङ युनाइटेडले बिजयी शुरुवात गरेको छ ।

इलाम स्थित ठूलो टुँडिखेल मैदानमा भएको उद्घाटन खेलमा दार्जिलिङले आयोजक माइभ्याली एफसीलाई १–० को हरायो । दार्जिलिङको जितमा दिवाशिष राईले खेलको इन्जुरी समयमा एक मात्र निर्णायक गोल गरे ।

खेलमा दार्जिलिङका वाङ्देन तामाङ म्यान अफ द म्याच घोषित भए । यो जितसँगै दाजिलिङ प्रतियोगिताको क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ ।

प्रतियोगिता अन्तरगत सोमबारको खेल हिमालयन शेर्पा क्लब र नेप्लिज फुटबल एकेडेमीबीच हुने आयोजकले जनाएको छ । माइभ्याली एफसी, इलामको आयोजनामा शुरु प्रतियोगितामा कुल दश टोलीहरुले सहभागिता जनाएका छ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७ लाख हात पार्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...