साफ महिला च्याम्पियनसिपको उद्घाटन पूर्व प्रधानमन्त्री दहालले गर्ने

काठमाडौं (खेलदैनिक) । यहि फागुनको अन्तिम सातादेखि शुरु हुन गईरहेको प्रतिष्ठित साफ महिला च्याम्पियनसिपको उद्घाटन पूर्व प्रधानमन्त्री पुष्प कमल दहालले गर्ने भएका छन् ।

बिराटनगर स्थित शहिद रंगशालामा यहि मार्च १२ देखि २२ तारीखसम्म हुन गईरहेको प्रतियोगिताको उद्घाटन दहालले गर्ने पक्का भएको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पा र प्रवक्ता किरन राईले आइतबार मात्र दहालको निवासमा पुगेर निमन्त्रणा दिएका थिए । प्रवक्ता राईका अनुसार दहालले त्यो निमन्त्रणा स्वीकार गरेको समेत बताएका छन् ।

गोलनेपालका अनुसार सार्क राष्ट्रका कुल ७ टोलीहरुले प्रतियोगितामा सहभागिता जनाउने छन् । नेपालले उद्घाटन खेल मै भुटानको सामना गर्ने तय भईसकेको छ । स्मरणीय छ, नेपालले साफ महिला च्याम्पियनसिपको उपाधि अहिलेसम्म जित्न सकेको छैन ।


प्रतिक्रिया दिनुहोस

Loading...