
- गोपाल काफ्ले
पथरी (खेलदैनिक) । बुद्ध युथ क्लव पथरीद्वारा आयोजित चौथो पथरीशनिशरे वडा स्तरीय फुटवल प्रतियोगितिको उपाधि साविक विजेता वडा नम्बर १ ले उचालेको छ ।
शनिबार भएको फाइनल खेलमा वडा नम्बर ९ लाई २—० गोल अन्तरले पराजित गर्दै वडा नम्बर १ ले उपाधि रक्षा गरेको हो । विजेता वडा नम्बर १ का लागि दोस्रो हाफमा साइमन लिम्बू र सुमन वान्तवाले गोल गरेका थिए ।
खेल विजेता वडा नम्बर १ ले उपाधिसहित नगद ५१ हजार हात पारेको छ भने उपविजेता ९ ले ३१ हजार नगद, ट्रफी, प्रमाणपात्र र मेडल प्राप्त गरेको छ । फाइनल खेलको म्यान आफ द म्याच वडा नं. १ का साइमन लिम्ब घोषित भए ।
त्यस्तै व्यक्तिगत विधातफए, हाइ स्कोरर सुमन वान्तवा, वेष्ट गोल किपर चन्द्र लिम्बू, वेष्ट डिफेन्डर मिन धिमाल पुरस्कृत भए । वेष्ट फरवार भने वडा नम्बर ९ का खेलाडी सेनेहाङ लिम्बूले हात पारे ।
यह िफागुन १७ गतेदेखि सुरु भएको खेलमा पथरीशनिशरे नगरका १० वटै टिम सहभागी थिए । फाइलन खेल हेर्न नगर प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्ट, वडा नम्बर १ का अध्यक्ष बाबुराम लिम्बू, ९ को अध्यक्ष भानुभक्त राई, वडा नम्बर २ को यामप्रसाद गुरागाईको उपस्थिति रहेको थियो ।
विजयी तथा उप विजेता टिमलाई पहिलो तथा दोस्रो ट्रफिदाता बल्मिीकि मेमोरिय स्कुल र रेड स्टार मा वि शिक्षक नवल किसोर खनाल र टि एन तिम्सीनाले पुरस्कार प्रदान गर्नु भएको थियो ।