झापा गोल्डकप : आर्मीसँग दाफिन्स लगातार दोस्रोपटक पराजित

बिर्तामोडा (झापा) । दाफिन्स एफसी, क्यामरुनमाथि लगातार दोस्रोपटक जित हात पार्दै त्रिभुवन आर्मी क्लब जारी मगमग चौथो झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । भर्खरै सम्पन्न आहा रारा गोल्डकपमा समेत दाफिन्सलाई हराएको आर्मीले बिर्तामोडमा पनि त्यो जितको यात्रालाई कायम राख्यो ।

डोमालाल राजवंशी रंगशालामा शनिबार भएको दोस्रो सेमिफाइनलमा आर्मीले दाफिन्सलाई १–० लु निराश तुल्याउँदै फाइनलमा प्रवेश गर्यो । खेलको पहिलो हाफतर्फ २१ औं मिनटमा दाफिन्सका सिलो नंगाले आत्मघाती गोल गर्नु नै अफ्रिकी टोलीका लागि निराशाजनक नतिजा बन्यो ।

उता यो जितसँगै फाइनलमा प्रवेश गरेको आर्मीले फाइनलमा अब उपाधिका लागि आयोजक झापा–११ सँग सोमबार खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...