झापा गोल्डकप : थ्रीस्टारलाई पाखा लगाउँदै आयोजक झापा फाइनलमा

बिर्तामोड (खेलदैनिक) । उपाधिको दावेदार मध्ये एक मानिएको रुस्लान थ्रीस्टार क्लबलाई हराउँदै आयोजक झापा–११ जारी मगमग चौथो झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

बिर्तामोडा स्थित डोमालाल राजवंशी रंगशालामा शुक्रबार भएको पहिलो सेमिफाइनलमा झापाले कडा प्रतिस्पर्धाका बीच थ्रीस्टारलाई पेनाल्टी शुटआउटमा ३–१ ले हराउँदै उपाधि नजिक पुगेको हो ।

यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । त्यसपछिको अतिरिक्त समयमा पनि दुवै तर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टीबाट लिनु परेको थियो । जसमा झापाले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।

झापाले अब फाइनलमा शनिबार हुने दोस्रो सेमिफाइनलतर्फ त्रिभुवन आर्मी क्लब र दाफिन्स एफसी, क्यामरुनबीचको विजेतासँग उपाधिका लागि भिड्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...