नारी दिवसका अवसरमा नेपालका दुई पूर्व राष्ट्रिय महिला फुटबलर सम्मानित

काठमाडौं (खेलदैनिक) । अखिल नेपाल फुटबल संघ (एन्फा) ले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा शुक्रबार सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा एएफसी महिला फुटबल दिवस मनाएको छ ।

सोही अवसरमा अखिल नेपाल महिला फुटबल संघले दुई पूर्व राष्ट्रिय खेलाडी बिना श्रेष्ठ र जमुना गुरुङलाई एक कार्यक्रमका बीच सम्मानित समेत गर्यो ।

कार्यक्रमको प्रमुख अतिथी बनेकी सिएनएन हिरो अनुराधा कोइरालाले बिना र जमुनालाई विशेष मायाको चिनो सहित सम्मानित गरिन् ।

सो अवसरमा एन्फाका केन्दिय अध्यक्ष कर्मा छिरिङ शेर्पा, महासचिव इन्द्रमान तुलाधर, अखिल नेपाल महिला फुटबल संघकी अध्यक्ष बिन्द्रा देवान, अन्य एन्फा पदाधिकारी, खेलाडीहरुको समेत उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...