साफ महिला च्याम्पियनसिपको तयारी पूरा : एन्फा

काठमाडौं (खेलदैनिक) । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यहि फागुन अन्तिम सातादेखि शुरु हुन गईरहेको साफ महिला च्याम्पियनसिपको तयारी पूरा भएको जनाएको छ ।

एन्फाका केन्द्रिय अध्यक्ष कर्मा छिरिङ शेर्पाले प्रतियोगिताको तयारीबारे बोल्दै भने, “हामीले साफ महिला च्याम्पियनसिपका लागि सबै तयारी पूरा गरेका छौं । मैदानको मुख्य भागलाई पूनःनिर्माण गरेका छौं । साथै प्रतियोगिताका लागि सबै कुराको व्यवस्थापन पनि गरिसकेका छौं ।”

स्मरणीय छ, यसपटकको साफ महिला च्याम्पियनसिप सफलताका साथ सम्पन्न गर्न बिराटनगर महानगरपालिकाले एक करोड र प्रदेश १ को सरकारले ५० लाख रुपैया आयोजकलाई उपलब्ध गराएको थियो ।

बिराटनगर स्थित शहिद रंगशालामा हुन यहि मार्च १२ देखि २२ तारीखसम्म हुन गईरहेको प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भुटानको सामना गर्ने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...