दोस्रो मकवानपुर गोल्डकपको तयारी तीब्र (तस्विरहरु सहित)

मकवानपुर (खेलदैनिक) । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हुन गईरहेको दोस्रो मकवानपुर गोल्डकप नकआउट फुटबल प्रतियोगिताको तयारी तीव्र पारिएको छ ।

यहि आउँदो चैत्र ७ देखि १६ गतेसम्म हेटाडा स्थित बन विज्ञान अध्ययन संस्थाको खेलमैदानमा हुन गईरहेको प्रतियोगिताको लागि मैदान मिलाउने, प्यारापिट राख्ने लगायतका कामहरु शुरु गरि यथाशिघ्र सम्पन्न गर्नतर्फ लागेको मकवानपुर जिल्ला फुटबल संघले जनाएको छ ।

यसअघि प्रतियोगिता यहि फागुन २९ गतेदेखि आयोजना गर्ने भनिए तापनि साफ महिला च्याम्पियनसिप र माइ भ्याली गोल्डकपका कारण प्रतियोगिताको मिति सारिएको हो ।

नेपालका शिर्ष टोलीहरुको सहभागिता रहने प्रतियोगिताको विजेताले उपाधि सहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...