लोयल्टी कप फुटबल : साविक विजेता एलएलाई उपाधि

नवौं लोयल्टी कप उपत्यकाव्यापी अन्तरविद्यालय जुनियर फुटबल उपाधि विजेता एलए टोली ।

काठमाडौं (खेलदैनिक) । डिफेन्डिङ च्याम्पियन लिटिल एन्जल्स (एलए) स्कुलले नवौं लोयल्टी कप उपत्यकाव्यापी अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगिताको उपाधि बिहीबार जितेको छ ।

भंगालस्थित आयोजक लोयल्टी एकेडेमीको मैदानमा भएको फाइनलमा एलएले सिद्धार्थ बनस्थलीलाई २–१ गोलले पराजित गर्दै उपाधि रक्षा गर्यो । एलएको जितमा प्रज्ज्वलराज भट्ट र विगुल पोखरेलले गोल गरे । सिद्धार्थ बनस्थलीका कृष थापा मगरले १ गोल फर्काए तापनि त्यो प्रर्याप्त बनेन । एलएका खेलमा प्रज्ज्वलराज भट्ट ‘म्यान अफ द म्याच’ घोषित भए ।

नवौं लोयल्टी कप उपत्यकाव्यापी अन्तरविद्यालय जुनियर फुटबलका विभिन्न विधाका उत्कृष्ट खेलाडी ट्रफीसाथ ।

एलएका इशान शाही उत्कृष्ट खेलाडी चुनिए । एलएकै रिम्मोन मानन्धर उत्कृष्ट गोलरक्षक ठहरिए । प्रतियोगिताभर ७ गोल गरेका सिद्धार्थ बनस्थलीका कृष थापा मगर सर्वाधिक गोलकर्ता बने । नेक्ससले अनुशासित टिमको उपाधि हात पार्यो ।

विजेतालाई संघीय सांसद भवानी खापुङ, लोयल्टीका संस्थापक अध्यक्ष विजय सम्बाहाम्फे, आयोजक विद्यालय व्यवस्थापन समितिका सदस्यद्वय श्रीराम क्षेत्री र टंक घिसिङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । फागुन १७ गतेदेखि सुरु नकआउट प्रतियोगितामा आयोजक लोयल्टीको दुईसहित १२ टिम सहभागी थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...