सी डिभिजन लिग : प्लानिङको जितमा सुजितको दुई गोल

काठमाडौं (खेलदैनिक) । शहिद स्मारक सी डिभिजन लिगतर्फ बिहीबार भएको दोस्रो खेलमा प्लानिङ ब्वाईज युनाइटेडले सहज जित दर्ता गरेको छ ।

एन्फा कम्प्लेक्स, सातदोबाटोमा सम्पन्न खेलमा प्लानिङले सानो गौचरन युवा क्लबलाई ३–० ले हरायो । प्लानिङको जितमा सुजित गुरुङले दुई गोल गरे भने आशिष श्रेष्ठले एक गोल गरे ।

बिहीबारको खेलमा प्लानिङ ब्वाईजका अमृत लामा म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार प्राप्त गरे ।

लिग अन्तरगत शुक्रबारको पहिलो खेलमा ओसिस क्लबले मनोहरा एकिकृत युवा क्लबको सामना गर्नेछ भने दोस्रो खेलमा बिरगंज युथ एकेडेमी र समाज कल्याण्अ खेलकुद केन्द्रबीच हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...