दाफिन्स झापा गोल्डकपको सेमिफाइनलमा

बिर्तामोड (खेलदैनिक) । दाफिन्स एफसी, क्यामरुन जारी मगमग चौथो झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार सम्पन्न अन्तिम क्वाटरफाइनलमा दाफिन्सले लाली रुपन्देही–११ लाई २–० ले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

बिर्तामोड स्थित डोमालाल राजवंशी रंगशालामा भएको अन्तिम क्वाटरफाइनलमा दाफिन्सका लागि पहिलो हाफतर्फ ३८ औं मिनटमा पिटेंगा दाफिनासले पेनाल्टीबाट पहिलो गोल गरे । त्यस्तै खेलको ८८ औं मिनटमा म्यान अफ द म्याच समेत घोषित मेसुली ओलुमुले दाफिन्स्का लागि दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।

बिहीबारको नतिजासँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पनि पूरा भएको छ । दाफिन्सले अब सेमिफाइनलमा शनिबार त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । प्रतियोगिता अन्तरगत शुक्रबारको पहिलो सेमिफाइनल खेल आयोजक झापा–११ र रुस्लान थ्रीस्टार क्लबबीच हुने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...