सी डिभिजन लिग : स्वयम्भुमाथि सामाजिकको उत्कृष्ट जित

काठमाडौं (खेलदैनिक) । जारी शहिद स्मारक सी डिभिजन लिगतर्फ बिहीबार सामाजिक युथ क्लबले प्रभावशाली जित हात पारेको छ ।

एन्फा कम्प्लेक्सम्पन्न खेलमा सामाजिकले स्वयम्भु क्लबलाई ३–१ ले हरायो । खेलमा सामाजिकका लागि २९ औं मिनटमा सुरेश खत्रीले शुरुवाती गोल गरे । तर लगतै ३४ औं मिनटमा बिजय श्रेष्ठले स्वयम्भुका लागि बराबरी गोल फर्काए ।

पहिलो हाफसम्म १–१ को बराबरी खेले तापनि दोस्रो हाफको ६७ औं मिनटमा सामाजिकका लागि सुरेश खत्रीले नै दोस्रो गोल गरे भने अन्तिमतिर क्रिजल खड्काले तेस्रो गोल गर्दै टोलीको जित पक्का गरे ।

लिग अन्तरगत आज नै हुने दोस्रो खेलमा प्लानिङ ब्वाईजले सानो गौचरनको सामना गर्दैछ ।


प्रतिक्रिया दिनुहोस

Loading...