मेचीनगर गोल्डकपको विजेतालाई दश लाख

काकरभिट्टा (खेलदैनिक) । मेचीनगर गोल्डकप नकआउट फुटबल प्रतियोगिता यहि फागुन २८ गतेदेखि शुरु हुने भएको छ । बिहीबार एक कार्यक्रमका बीच आयोजक काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले प्रतियोगिताको आयोजनाबारे जानकारी गराएको हो ।

मेचीनगर नगरपालिकाको संरक्षकत्व रहने प्रतियोगिताको मूख्य प्रायोजन मेची नेत्रालयले गर्नेछ । त्यसैबीच बिहीबार नै काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र मेची नेत्रालयबीच प्रायोजन सम्झौतामा हस्ताक्षर कार्यक्रम समेत सम्पन्न भयो ।

प्रायोजन सम्झौता अनुसार मेची नेत्रालयले आयोजक काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई नगद दश लाख उपलब्ध गराउनेछ । साथै यसपटकदेखि प्रतियोगिताको नाम पनि काकरभिट्टा गोल्डकपबाट परिवर्तन गरी मेचीनगर गोल्डकप रहने भएको छ ।

नेपालका शिर्ष टोलीहरुको सहभागिता रहने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ । त्यस्तै सोही कार्यक्रममा उपस्थित मेचीनगरका नगरप्रमुख बिमल आचार्य र झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापाले प्रतियोगिता सफलताका साथ सम्पन्न गर्न आफूहरुको पूर्ण समर्थन रहने समेत बताए ।


प्रतिक्रिया दिनुहोस

Loading...