
काठमाडौं (खेलदैनिक) । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय फुटबल टोलीका लागि दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याचको मिति तय गरेको छ ।
फुटबल साईट गोलनेपालका अनुसार नेपालले कुवेत र मलेसियासँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्न लागेको हो । जसअनुसार नेपालले कुवेतसँग २१ मार्चका दिन कुवेत मै खेल्नेछ भने २६ मार्चका दिन मलेसियासँग खेल्नेछ ।
गोलनेपालका अनुसार मलेसिया विरुद्धको खेल राजधानी क्वालालम्पुरमा हुने अनुमान गरिएको छ । उता नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक योहान कालिनले सो मैत्रीपूर्ण फुटबल म्याचका लागि छिटै नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गर्ने बताइएको छ ।
साथै एन्फाले नेपाली टोलीको स्तर वृद्धि र विकासका लागि अब आगामी दिनहरुमा राष्ट्रिय फुटबल टोलीले निन्तर अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याचहरु खेल्ने समेत बताएको छ ।