भ्याली पब्लिक कप फुटबल : बाल विकासलाई उपाधि

काठमाडौं (खेलदैनिक) । बाल विकास ‘ए’ ले दोश्रो भ्याली पब्लिक कप यु–१२ जुनियर ब्वाइज फुटबल प्रतियोगिताको उपाधि बुधबार जितेको छ ।

भंगालस्थित आयोजक भ्याली पब्लिकको मैदानमा भएको फाइनलमा बाल विकास ‘ए’ ले कन्स्टिलेसनलाई ३–० गोलले पराजित गर्यो । बाल विकास ‘ए’ का अनिश श्रेष्ठ, विशाल तामाङ र प्रशान्त गुरुङले गोल गरे ।

तेश्रो स्थानका लागि भएको खेलमा काष्ठमण्डपले कुण्डलिनीलाई ३–० ले हरायो । काष्ठमण्डपका सिद्धान्त खड्काले २ तथा भेदान्त ठकुरीले १ गोल गरे । कुण्डलिनीका कर्णवीर मल्ल उत्कृष्ट खेलाडी घोषित भए । काष्ठमण्डपका सिद्धान्त खड्का सर्वाधिक गोलकर्ता बने । प्रतियोगिताभर उनले १३ गोल गरे ।

विजेतालाई नेपाल रग्वी संघका अध्यक्ष टंकलाल घिसिङ, भ्याली पब्लिकका संस्थापक प्रिन्सिपल कृष्णप्रसाद अधिकारी, भ्याली पब्लिकका प्रशासन प्रमुख महेश अधिकारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । चारदिने प्रतियोगितामा १२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...