सी डिभिजन लिग शुरु, सानेपाको शानदार शुरुवात

काठमाडौं (खेलदैनिक) । बुधबारदेखि शुरु शहिद स्मारक सी डिभिजन लिगतर्फ सानेपा क्लबले शानदार जितका साथ प्रतियोगिताको शुरुवात गरेको छ ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा सानेपाले महाबीर क्लबलाई ४–० ले हरायो । सानेपाको जितमा कुनसाङ गुरुङले ह्याट्रिक गरे भने थप एक गोल हेमन्त गुरुङले गरे ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा शुरु प्रतियोगितामा कुल ११ टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ ।

जसअन्तरगत समूह ए तर्फ स्वयम्भु क्लब, प्लानिङ ब्वाईज, ओसिस क्लब, मनोहरा युथ, सानो गौचरन युथ क्लब र सामाजिक क्लब रहेका छन् भने समूह बी तर्फ बिरगंज युथ एकेडेमी, खालीबारी एफसी, महाविर क्लब, सानेपा क्लब र सोसल वेलफेयर स्पोर्टस् सेन्टर रहेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...