नेपाल यु–१९ महिला टोली र भुटानबीचको खेल बराबरीमा सकियो

काठमाडौं (खेलदैनिक) । नेपाली राष्ट्रिय यु–१९ महिला फुटबल टोलीले बुधबार एक मेत्रीपूर्ण फुटबल म्याचमा भुटानको राष्ट्रिय महिला टोलीसँग बराबरी खेलेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न खेलमा दुवै टोलीले २–२ गोलको बराबरी खेलेका हुन् । यहि मार्चको १२ देखि २२ तारीखसम्म बिराटनगर स्थित शहिद रंगशालामा हुन गईरहेको साफ महिला च्याम्पियनसिपका लागि भुटानी टोली हाल नेपालमा छ ।

उता नेपाल यु–१९ महिला टोली पनि एएफसी यु–१९ महिला च्याम्पियनसिपको दोस्रो चरणको छनौटका लागि तयारीमा व्यस्त छ । सो प्रतियोगिता यसै बर्षको अप्रिलदेखि शुरु हुँदैछ ।


प्रतिक्रिया दिनुहोस

Loading...