आसाम : पहिलो खेलमै संकटा पराजित

काठमाडौं (खेलदैनिक) । भारतको आसाममा शुरु चौथो सिईएम गोल्डकप खेल्न पुगेको शहिद स्मारक ए डिभिजन लिगको उपविजेता सिएमजी संकटा क्लब आफ्नो पहिलो खेलमै पराजित भएको छ ।

संकटाले मंगलबार भएको आफ्नो पहिलो खेलमा गोवाको प्रो लिग क्लब सालगाओकर एफसीसँग ४–१ गोल अन्तरले हार बेहोरेको हो । अब संकटाले आफ्नो दोस्रो खेलमा श्रीलंकन क्लब जाभा लेन एससीसँग बिहीबार खेल्नेछ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख भारतीय रुपैया हात पार्नेछ भने उपविजेताले १ लाख भारतीय रुपैया प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...