देशभक्तलाई हिमालयन कपको उपाधि

रुपन्देही (खेलदैनिक) । दशौं हिमालयन कप नकआउट फुटबल प्रतियोगिताको उपाधि मंगलबार देशभक्त युवा क्लब, नवलपरासीले जितेको छ ।

कञ्चन–४, दियोबजार स्थित आयोजकको खेलमैदानमा भएको फाइनल खेलमा देशभक्तले सिद्धार्थ युवा क्लबलाई शून्यका विरुद्ध २ गोलले हराउँदै उपाधि जितेको हो । देशभक्तको जितमा भिष्म अर्याल र रन्जित आलेले एक–एक गोल गरे ।

बिजेता बनेको देशभक्तले उपाधिसहित नगद १,११,१११ रुपैया हात पारेको छ भने उपविजेता सिद्धार्थले ५५,५५५ रुपैयामा चित्त बुझाएको छ । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक, डिफेन्डरको पुरस्कार देशभक्तका क्रमश मनोज गुरुङ र सुदान्स चौधरीले हात पारे ।

उत्कृष्ट मिडफिल्डर सिद्धार्थका सुमन गुरुङ घोषित भए भने उत्कृष्ट फरवार्ड देशभक्तका रन्जित आले घोषित भए । त्यसैगरी सर्वाधिक गोलकर्ताको पुरस्कार भने सिद्धार्थका किरन थापाले हात पारे ।

हिमालय सामुदायिक विकास केन्द्र, कञ्चन–४ रुपन्देहीको आयोजनामा प्रतियोगितामा रुपन्देही, नवलपरासी र कपिलवस्तुका गरी कुल १२ टोलीहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...