जकार्तासँग रोहितको नयाँ सम्झौता

काठमाडौं (खेलदैनिक) । नेपाली राष्ट्रिय फुटबल टोलीका चर्चित मिडफिल्डर रोहित चन्दले इण्डोनेसियन क्लब पर्सिजा जकार्तासँग आफ्नो सम्झौता नवीकरण गरेका छन् ।

गोलनेपालका अनुसार रोहितले जकार्तासँग पाँचौं सिजनका लागि नयाँ सम्झौता गरे तापनि उनको सम्झौता रकमबारे भने खुलाइएको छैन । स्मरणीय छ, रोहित कै उत्कृष्ट प्रदर्शनमा जकार्ताले बर्ष २०१८ को इण्डोनेसियन सुपर लिग उपाधि जितेको थियो । त्यतिबेला रोहित लिग कै सर्वोत्कृष्ट खेलाडी समेत घोषित भएका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...