साफ च्याम्पियनसिपका लागि नेपाल आइपुग्यो भुटानको महिला फुटबल टोली

काठमाडौं (खेलदैनिक) । प्रतिष्ठित साफ महिला च्याम्पियनसिप खेल्न भुटानको महिला फुटबल टोली मंगलबार नेपाल आइपुगेको छ ।

साफमा सहभागिता जनाउन नेपाल आउने भुटान पहिलो टोली समेत बनेको छ । यहि मार्च १२ देखि २२ तारीखसम्म बिराटनगर स्थित शहिद रंगशालामा हुन गईरहेको प्रतियोगितामा सार्क राष्ट्रका सात टोलीहरुले सहभागिता जनाउँदैछन् ।

भुटानले आफ्नो पहिलो खेल नै आयोजक नेपालसँग उद्घाटन खेलका दिन खेल्नेछ । स्मरणीय छ, नेपालले अहिलेसम्म साफ महिला च्याम्पियनसिपको उपाधि जित्न सकेको छैन ।


प्रतिक्रिया दिनुहोस

Loading...