भाई भ्याली गोल्डकपमा दश टोली, दाफिन्सले पनि खेल्ने

इलाम (खेलदैनिक) । पाँचौं अन्तर्राष्ट्रिय माइ भ्याली गोल्डकप नकआउट फुटबल प्रतियोगिता यहि फागुन २६ गतेदेखि शुरु हुने भएको छ ।

माई भ्याली एफसी, इलामको आयोजनामा शुरु हुन गईरहेको प्रतियोगिताको फाइनल खेल भने चैत ५ गते हुनेछ । इलाम स्थित ठुलो टुंडिखेल मैदानमा हुने प्रतियोगितामा कुल दश टोलीहरुको सहभागिता पनि निश्चित भएको छ ।

सहभागी टिमहरु यसप्रकार रहेका छन् :

दाफिन्स एफसी, क्यामरुन, नेपाल फुटबल एकेडेमी हङकङ, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब, हिमालयन शेर्पा क्लब, रुस्लान थ्रीस्टार क्लब, दार्जिलिङ युनाइटेड (भारत), मेची नेत्रालय काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर, माई भ्याली एफसी (आयोजक)


प्रतिक्रिया दिनुहोस

Loading...