थ्रीस्टारका डिफेन्डर धिमाल नगदसहित सम्मानित

मोरङ (खेलदैनिक) । राष्ट्रिय फुटबलर तथा रुस्लान थ्रीस्टार क्लबका डिफेन्डर रन्जित धिमाल सोमबार घरेलु जिल्ला मोरङमा नगद सहित सम्मानित भएका छन् ।

गोलनेपालका अनुसार धिमाललाई सोमबार उर्लाबारी ट्रेनिङ सेन्टरले नगद १५ हजारसहित सम्मानित गरेको हो । धिमाललाई ट्रेनिङ सेन्टरका वरिष्ठ सल्लाहकार निरज लामाले नगद सहित सम्मानित गरे ।

सम्मान हात पारेपछि धिमालले खुशी व्यक्त गरे । साथै आफूलाई फुटबल क्षेत्रमा लाग्न र थप केह ीगर्न हौसला मिलेको बताए ।


प्रतिक्रिया दिनुहोस

Loading...